13 May 2025
KALIKATIMES.COM

जगरनाथपुरमा स्वास्थ्य स्वयम् सेविका दिवस मनाइयाे

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा विहिबार २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाइएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे स्वास्थ्य शाखाले एक कार्यक्रमकाे आयाेजना गरेर स्वयम् सेविका दिवस मनाएकाे हाे ।

गाउँपालिका कार्यालय जगरनाथपुरकाे सभा हलमा भएकाे कार्यक्रममा राम्राे काम गर्ने उत्कृष्ट ६ जना स्वयम् सेविकाहरुलाई सम्मान समेत गरिएकाे थियाे । साथै गाउँपालिकाकाे विभिन्न वडाहरुमा कार्यरत ५६ जना स्वयम् सेविकाहरुलाई बैज्ञ, छाता, टर्च, कैची लगायतकाे सामग्री समेत वितरण गरिएकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष बविता सिंह क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, स्वास्थ्य चाैकीका प्रमुखहरु देबेन्द्र साह, बिरेन्द्र साह, ओमप्रकाश कुशवाहा, चन्द्रमाेहन मिश्रा, पप्पु कुमार राैनियार, अशाेक पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

“ विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता ” भन्ने नारा सहित देशभरी यस बर्ष स्वास्थ्य स्वयम् सेविका दिवस मनाइएकाे हाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:220. Generation time:6.013 sec. Memory consumption:82.7 mb