30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

वीरगञ्जका विद्यालयमा सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण सुरु

वीरगञ्ज । वीरगञ्जका विद्यालयहरूमा सुरक्षित गर्भपतन, बृहत्तर यौनिकता शिक्षा, र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । युवा संस्थाद्वारा वीरगञ्जमा पछिल्लो चार वर्षदेखि सञ्चालित युथ एक्सेस परियोजनाअन्र्तगत अभिमुखीकरण सुरु गरिएको हो । परियोजनाअन्तर्गत पहिलो दिन वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित ज्ञानसागर एकेडेमीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण प्रदान गरिएको छ ।

कार्यक्रममा युवाका युथ च्याम्पियनहरू सुस्मिता चालिसे, रुची पटेल, अंगिकृत कर्ण, नवसिन तनविर मिकरानी, अफ्ताब आलम, सुजित गुप्ता, मुसाफिर गद्दी, पवन कुमार साह, प्रिन्स कुमार साह, र राजन झालगायतको सहभागिता रहेको थियो । युथ च्याम्पियनहरूले विद्यार्थीहरूलाई लिंग र लैंगिकताको भिन्नता, लिंगका प्रकार, प्रजनन स्वास्थ्य, महिनावारी सुरक्षालगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा विद्यालयका प्रतिनिधि राज महतो र युवाका वीरगञ्ज संयोजक आशु सर्राफको उपस्थिति रहेको थियो । सर्राफका अनुसार युथ एक्सेस परियोजना अन्तर्गत हरेक वर्ष १० जना युथ च्याम्पियनहरू चयन गरिन्छ । तिनीहरूलाई विशेष तालिम दिएर विद्यालयस्तरमा यौनिकता र स्वास्थ्यससँगै सुरक्षित गर्भपतन सम्बन्धी चेतना फैलाउने काम गरिँदै आएको छ ।

विगत चार वर्षदेखि वीरगञ्जमा सञ्चालित युथ एक्सेस परियोजनाले सुरक्षित गर्भपतन र यौनिकतासम्बन्धी जानकारी अभिवृद्धि गर्दै युवाहरूलाई सशक्त बनाउने उद्देश्यले काम गरिरहेको छ । परियोजनाका माध्यमबाट विद्यार्थीहरूमा यौन तथा प्रजनन स्वास्थ्यप्रतिको बुझाइ विस्तार हुने र यसले उनीहरूको स्वस्थ भविष्य निर्माणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:6.128 sec. Memory consumption:82.73 mb