12 May 2025
KALIKATIMES.COM

पर्सामा नेपाल विद्यालय खेलकुद महासंघ गठन

वीरगंज । पर्सामा नेपाल विद्यालय खेलकुद महासंघको जिल्ला कार्यसमिति गठन भएकाे छ । वीरगंजमा आइतबार सम्पन्न एक भेलाले आलोक कुमार चौरसियाको अध्यक्षतामा नेपाल विद्यालय खेलकुद महा संघ पर्साको जिल्ला कार्यसमिति गठन गरेको हो ।

नवगठित महासंघ पर्साको उपाध्यक्षमा दिपक साह, राहुल श्रीवास्तव, सचिवमा अमित आलोक र कोषाध्यक्षमा विजय कुमार बल चयन भएका छन् । यस्तै महासंघकाे सदस्यहरु मनिषा सुनुवार श्रेष्ठ, उत्तम गुप्ता, राम दरेस साह, लालबहादुर गुरुंग, विमला गुप्ता, हिमांशु पाख्रिन, राम नरेश यादव र पृथ्वी आलोक चयन भएका छन् ।

महासंघले पर्साका विद्यालयहरुमा खेलकुदका गतिविधीलाई अझ सकृय र व्यवस्थित बनाउँदै विद्यालयस्तरबाटै प्रतिभावान खेलाडीहरु उत्पादनका लागि समितिले काम गर्ने नवगठित महासंघका काेषाध्यक्ष विजय बालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.026 sec. Memory consumption:82.39 mb