36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

नेकपा एस पर्साकाे सचिवालय बैठक सम्पन्न

२०८१ पौष मसान्त भित्र जिल्ला अधिबेशन गर्ने निर्णय

वीरगंज । नेकपा (एकीकृत समाजबादी )पर्साको सचिवालय बैठक शनिबार सम्पन्न भएको छ । पार्टीको केन्द्रिय सदस्य रामचन्द्र साहको विशेष उपस्थित एवं जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न बैठकले २०८१ पौष मसान्त भित्र जिल्ला अधिबेशन गर्ने निर्णय गरेको छ ।

सम्पन्न बैठकले जिल्ला अधिबेशन अगावै स्थानीय पालिकाहरुको कमिटी गठन पुन: गठन कार्य सम्पन्न गर्ने निर्णय भएको पार्टीको कार्यालय सचीव शंकर कर्णले जानकारी दिए । सथै बैठकले अधिबेशनलाई भब्य एवं सभ्य ढंगले सम्पन्न गर्न पुर्ण तैयारीको लागि मंसिर १० गते पुनः सचीवालय बैठक बस्ने समेत निर्णय गरेको कर्णले बताए ।

बैठकमा पार्टीको केन्द्रिय सदस्य मनोज चौधरी, लेखा आयोगको सदस्य किशोरी कुशवाहा लागाएतकाे उपस्तिथि रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.985 sec. Memory consumption:82.45 mb