32.4 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

अवकाश प्राप्त शिक्षक अन्सारीकाे बिदाई

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माद्यमिक विद्यालयका अवकाश प्राप्त शिक्षक गफुर मियाँ अन्सारीकाे साेमबार एक कार्यक्रमकाे बिच बिदाई गरिएकाे छ ।

नि.मा.वि. दितिय श्रेणिको शिक्षक अन्सारी ३६ वर्ष सेवा अवधि पूरा गरि शिक्षा क्षेत्रबाट अनिवार्य अवकाश भएपछि विदाई गरिएकाे विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले जानकारी दिए । अवकाश प्राप्त शिक्षक अन्सारीलाई सम्मान पत्र र दोसाला ओढाई सम्मान समेत गरिएकाे थियाे ।

साे अवसरमा शिक्षक अन्सारी भाउक हुँदै आफ्ना सहकर्मी शिक्षा तथा विद्यार्थीहरुलाई आफ्नो परिवार छुटेको वताए । कार्यक्रममा वाेल्ने अन्य वक्ताहरुले शिक्षण देशको भविष्य निर्माण गर्ने पेशा भएकाे वताए । वक्ताहरुले अवकाश प्राप्त शिक्षक अन्सारीकाे याेगदानकाे बारेमा चर्चा समेत गरेका थिए ।  

प्रधानाध्यापक रामको सभापतित्व र जिल्ला शिक्षा समन्वय ईकाई पर्साका प्रमुख मोति प्रसाद भट्टराईकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका सचिव बिनोद गिरी, वडाध्यक्ष मनौवर अहमद, विद्यालय व्यवस्थापन समितीका सदस्य नरेश प्रसाद कुर्मी, मनेस ठाकुर, धोबिनी गाउँपालिका शिक्षक माहासंघका अध्यक्ष महमद आरिफ अन्सारी, एमालेका नेता सलाउदिन अहमद, जग्गा दाता फिरोज अहमद, मिरोज अहमद लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:4.579 sec. Memory consumption:82.43 mb