42.3 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

वीरगंज ।  निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्सा र वीरगंज महानगरकाे आयाेजनामा शनिबार वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएकाे छ ।

वीरगंजस्थित नगर सभागृहमा भएकाे प्रतियाेगितामा साउथजाेन मावि प्रथम, लिटल फलावर स्कुल दाेस्राे र मनाेकामना सकेण्डरी स्कुल तेस्राे भएकाे प्याब्सन पर्साका प्रवक्ता अशाेक संग्राैलाले जानकारी दिए । त्यसैगरी प्रतियाेगितामा मुनलाइट मावि चाैथाे, गाैतम मावि र जिवन ज्याेति मावि पांचाै स्थान हासिल गरेकाे प्रवक्ता संग्राैलाले वताए । 

प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । प्रतियाेगिता उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले लाेप हुँदै गएकाे नेपालका लोक संस्कृतिहरुलाई संरक्षण गर्न प्रतियाेगिताले सहयाेग पुग्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले यस्ताे कार्यक्रम प्याब्सनले कम्तिमा बर्षमा दुई पटक गर्नु पर्ने वताए । उनले यस्ताे कार्यक्रमकाे लागि आवश्यक सहयाेग वीरगंज महानगरकाे तर्फबाट आफु पनि गर्न तयार रहेकाे वताए ।  

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र वीरगंज महानगरका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको प्रतियाेगितामा प्याब्सनका महासचिव आरबी कटुवाल, मधेश प्रदेश निति तथा याेजना आयाेगका सदस्य डा. हरिशंकर साह, वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सराेज चाैधरी, उपाध्यक्ष शिव गुप्ता, सचिव राहुल श्रीवास्तव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

नेपालका लोक संस्कृतिहरुलाई संरक्षण र सम्वर्धन गर्न उद्देश्य आयाेजित प्रतियाेगितामा प्याब्सनमा आवद्ध २३ वटा विद्यालयहरुले भाग लिएका थिए । विद्यार्थीहरुलाई पनि नेपाली लोकसंस्कृतिको बारेमा जानकारी गराउने र उनीहरुको प्रतिभालाई पनि प्रस्फुटन गर्नका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने प्याब्स पर्साका सदस्य सुदिल पटेलले वताए ।

प्रतियाेगितामा सहभागि विभिन्न स्कुलका छात्र/छात्राहरुले नेपाली समुदायका विभिन्न लाेक सांस्कृति झल्कने लाेक गितमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियाेगिताकाे निर्णायक मण्डलमा नृत्य निर्देशक विजय स्याङताङ, सुरेश देशार र एनटीभि छमछमीकी विजेता सन्ध्या आचार्य रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:6.137 sec. Memory consumption:82.44 mb