30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माद्यमिक विद्यालयका विद्यार्थीहरु मंगलबार गाउँपालिका कार्यालयमा प्रदर्शन गरेका छन् ।

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आइतबार गाउँपालिकाकाे कार्यालय घेराउ गर्नु साथै प्रदर्शन समेत गरेका हुन् । तलब नपाएका शिक्षकहरु आइतबार हाजरी गरेर गाउँपालिका कार्यालयमा गएपछि विद्यार्थीहरु पनि गाउँपालिका मै पुगेका थिए ।

गाउँपालिका कार्यालय पुगेका विद्यार्थीहरु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विराेध चर्काे नाराबाजी समेत गरेका थिए । आक्राेशित विद्यार्थीहरु गाउँपालिकाका केही कुर्सी समेत ताेडफाेड गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामका अनुसार प्लस २ का १२ जना शिक्षक र उच्च माद्यमिक अनुदानका एक जना, शिक्षण सिकाई अनुदान माविका २ जना, निमाविका १ जना, निजि स्राेतका ५ जना शिक्षकले तलब पाएका छैनन् ।

प्लस २ का शिक्षकहरु गत आर्थिक बर्ष कै फागुन महिनादेखि र बाकी शिक्षकहरु चालु आर्थिक बर्षकाे साउनदेखि तलब नपाएका हुन् । तलबकाे माग गर्दै विद्यालय प्रशासन र शिक्षकहरुले बारम्बार गाउँपालिकालाई जानकारी गराउँदा पनि उपलब्ध नभएपछि बाध्य भएर आइतबारदेखि पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित भएका हुन् । 

गाउँपालिका कार्यालय पुगेका तलब नपाएका शिक्षकहरु शिक्षा शाखा प्रमुख वृजकिशाेर त्रिपाठीलाई तलबकाे माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए । तलब नपाए सम्म आफुहरु पठनपाठन नगराउने ज्ञापन पत्र मार्फत नै जानकारी समेत गराएका छन् । जस कारण बुधबार पनि कक्षा ६ देखि १२ सम्म पठन पाठन प्रभावित हुने भएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:6.211 sec. Memory consumption:82.43 mb