34.8 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

साहिब दरबारको वार्षिकोत्सवमा ८६ विद्यार्थीलाई स्कूल ब्याग वितरण

वीरगंज । साहिब दरबारको ५ औँ वार्षिकोत्सवाको अवसरमा बिहिबार एक कार्यक्रमका विच त्रिजुद्ध माविमा बालविकास कक्षामा अध्ययनरत ८६ जना विधार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ ।

साहिब दरबार सिवान भारतका संस्थापक एवम् सरकार जि महाराजले बालविकास कक्षाका शिशुहरुलाई व्याग प्रदान गरेका थिए । कार्यक्रममा साहिब दरबार वीरगंजका संरक्षक एवम वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि वीरगंज महानगरपालिकाले विभिन्न निकायको सहयोगमा काम गर्दै आएको बताए ।

उनले वीरगंजकाे शैक्षिक क्षेत्रमा १ शताब्दी भन्दा बढी समयदेखि त्रिजुद्ध माविले खेलेको भुमिकाको सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताउँदै दरबार हाई स्कूलपछि देशकै दोश्रो विधालयको रुपमा त्रिजुद्ध मावि रहेको दाबी गरे । कार्यक्रममा आजका बालबालिका भोलीका देशका कर्णधार भएको हुँदा बालबालिकाको शिक्षामा विषेश जोड दिनुपर्ने कुरामा साहिब दरबारका संस्थापक सरकार जि महाराजले जोड दिए ।

विधालयका प्रधानाध्यापक नविन कुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतको सिवानबाट आएका साधुहरु, वीरगंजका समाजसेवीहरु, शिक्षविद, संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख सिंहसहितको टोलीले विधालयको अनुगमन समेत गरेको थियो । त्रिजुद्ध माविमा हाल ४ हजार ४ सय ८६ विधार्थीहरुले अध्यन्न गर्दै आइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.841 sec. Memory consumption:82.47 mb