32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

वीरगंजकाे दुई ठाउँमा भएकाे कार्यक्रममा ९३ जनाद्वारा रक्तदान

वीरगंज । दूर्गा पूजा सेवा समिति श्रीपुरकाे आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज ११ श्रीपुरमा भएकाे कार्यक्रममा ५६ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

श्री नवरात्री महोत्सवको उपलक्ष्यमा श्रीपुरको जानकी मन्दिर परिसरमा भएकाे कार्यक्रममा ५ महिलासहित ५६ जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार रगतदान गर्नेहरुमा आंशु कुमारी पटेल, सिम्रन मण्डल, आयुष वर्यावाल, माधव साह, रीनादेवी, पुष्पा गिरी, रितु मण्डल, विक्की साह, सन्नी साह, राजदेव साह, सुनिल महतो कहार लगायतका रहेका छन् ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेकपा एमालेका नेता सुन्दर कुर्मी, दुर्गा पूजा सेवा समितिका पदाधिकारी, सदस्य, स्थानीय समाजसेवी लगायतको पनि सहभागीता रहेको थियो ।

यसैगरी नेपाल फर्मास्युटिकल एसोसियसन मधेस प्रदेश र फार्मा क्लब वीरगंजकाे संयुक्तकाे आयाेजनामा शनिबार नै रक्तदान कार्यक्रम सम्पन्न भएकाे ।  

वीरगंजकाे श्रीपुरस्थित मधेस विश्वविद्यालयको प्रांगणमा भएकाे कार्यक्रममा ६ महिलासहित ३७ जनाले रगदान गरेका हुन् । रगत दान गर्नेहरुमा प्रियंका झा, पुष्पा कुमारी, सुनिता कुमारी ठाकुर, सत्या यादव, खुश्बु नेसा खातुन,ओम जयसवार, ओमकार रेग्मी, आाजाद अन्सारी लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगंजले जनाएकाे छ ।

उक्त रक्तदान कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, रजिष्टार विजय यादव, नेपाल फर्मास्युटिकल एसोसियसन मधेस प्रदेशका अध्यक्ष शशीकान्त ठाकुर, फार्मा क्लब वीरगंजका अध्यक्ष निरज कुमार गिरी लगायतको पनि उपस्थिती रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.417 sec. Memory consumption:82.49 mb