14.6 C
Birgunj
18 January 2025
KALIKATIMES.COM

वीरगंजमा दाेस्राे गहवामाईकाे रथ यात्रा भव्य रुपमा सम्पन्न

वीरगंज । वीरगंजमा आइतबार दोश्रो गहवामाई रथ यात्रा भब्य रुपमा सम्पन्न भएको छ । गहवमाईको नवनिर्मित मन्दिरको १२ औं बर्ष पूरा भएको अवसरमा निकालिएको रथ यात्रामा हजारौं भक्तजनहरुको सहभागीता थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक विशेष कार्यक्रममा गहवामाईको मन्दिर परिसरमा पूजा गरेर रथयात्राको शुभारम्भ गरेका थिए । 

मन्दिर परिसरबाट काठको रथमा २६ केजी चाँददीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर निस्किएको रथ यात्रा घण्टघार चोक, रेल्वे रोड, अमर चोक, इदगाह चोक, छपकैया, वीर्ता, आदर्शनगर हुँदै पुन: मन्दिर पसिरमा पुगेर समापन भएको थियो ।

विभिन्न झाँकी, पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथ यात्रामा पर्सा, बारा, रौतहट गरी ३ जिल्लाका हजारौं भत्तक्तजनहरुको सहभागीता रहेको रथयात्रा आयोजक समितिका अध्यक्ष श्याम पोखरेलले बताए । 

आइतबारको रथ यात्रामा सहभागीताका लागि वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरुमा सार्वजनिक विदा दिएको थियो । यस्तै वीरगंज महानगर क्षेत्रमा आइतबार र सोमबार गरी दुई दिनका लागि माछा, मासु र मदिराको बिक्री वितरण र सेवनमा महानगरपालिकाले रोक लगाएको छ ।

रथ यात्रामा सहभागी वीरगंज महानगरका मेयर राजेशमान सिंहले वीरगंजलाई धार्मिक पर्यटनको केन्द्र बनाउन वीरगंज महानगरपालिकाले थालेको अभियानलाई गहवामाई रथ यात्राको आायोजनाले टेवा पुर्याएको बताए । उनले गत बर्षदेखि नै वीरगंज महानगरपालिकाको सहयोग र समन्वयमा मन्दिर सञ्चालक समितिले रथ यात्रा निकाल्न सुरु गरेको र यसले हरेक बर्ष निरन्तरता पाउने पनि बताए ।

मन्दिरकाे बार्षिकाेत्सवकाे अवसरमा आइतबार सांझ गहवामाई मन्दिर प्राङगणमा भजनकिर्तनसहितको धार्मिक कार्यक्रम सम्पन्न भएकाे छ । यस्तै सोमबार मन्दिर प्राङगणमै भण्डारा (प्रसाद वितरण) आयोजना गरिने गरिएकाे आयाेजक समितिले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

कालिका टाईम्स

अवैध रुपमा बालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर र चालक नियन्त्रणमा

कालिका टाईम्स

प्रहरीद्वारा सात कट्ठा गाँजा फडानी

कालिका टाईम्स
SQL requests:215. Generation time:4.158 sec. Memory consumption:81.43 mb