21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

शिक्षकका लागि २ दिने प्रसंशनीय खाेज सम्बन्धि तालिम सुरू

वीरगंज । वीरगंजमा शिक्षकहरूकाे लागि प्रसंशनीय खाेज सम्बन्धि तालिम सुरू भएकाे छ । युवालयकाे आयाेजनामा वीरगंज गेटवै हाेटलमा शनिवारदेखि दुई दिने तालिम सुरू भएकाे हाे ।

पर्सागढी नगरपालिकाका ८ वटा विद्यालयका १६ जना शिक्षकहरू तालिम सहभागि छन् । सहभागिहरूलाई शनिबार पहिलाे दिन मुनिलाल बैठाले प्रशिक्षण दिएका थिए । उनले विद्यालयमा शिक्षण गर्दा सकारात्मक साेच र उर्जाका साथ गर्नुपर्नेमा जाेड दिए । परिवर्तित तरिकाले व्यवहारिक रूपमा विद्यार्थीलाइ सिकाउनुपर्ने उनकाे सुझाव छ ।

शिक्षक विद्यार्थीकाे सबल पक्षलाई पहिचान गरेर पुनरताजगी गराउने अभिप्रायले तालिमकाे आयाेजना गरिएकाे युवालयका पर्सा प्रतिनिधि राहुल साहले बताए । उनका अनुसार तालिमले शिक्षकहरूलाई शिक्षण सिकाइका विविध तरिकाहरूकाे बारेमा सिकनमा सघाउ पुग्नेछ ।

साेही अवसरमा वीरगंजका नमुना विद्यालउ नृसिंह मा.वि. पिपराका प्रधानाध्यापक हरेन्द्र कुर्मीले अनुभव सुनाएका थिए । विद्यालयकाे व्यवस्थापन र शिक्षण सिकाइमा आफनाे विद्यालयले अंगालेका विधिकाे बारेमा पनि उनले जानकारी गराए ।

तालिममा विद्यालय सुधार याेजना तथा विद्यालयकाे वार्षिक तथा पञ्चवर्षिय याेजना बनाउने बारेमा पनि प्रशिक्षण दिइएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.266 sec. Memory consumption:81.47 mb