20 March 2025
KALIKATIMES.COM

रास्वपाकाे प्रथम पोखरिया नगर भेला सम्पन्न, पटेलकाे नेतृत्वमा कमिटी गठन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे प्रथम पोखरिया नगरपालिका स्तरिय भेला सम्पन्न भएको छ । भेलाले प्रदीप पटेलको सभापतित्वमा ११ सदस्य कमिटी समेत गठन गरेकाे छ ।

पोखरिया पार्टी प्यालेसमा आयोजित भेलाले प्रदिप पटेलकाे सभापतित्वमा ११ सदस्यीय कमिटी गठन गरेकाे छ । नवगठित कमिटीकाे उपसभापतिमा बैजनाथ ठाकुर, सचिवमा खलिल मिया तेलि, कोषाध्यक्षमा प्रतिमा देबि धोबिन र सदस्यहरुमा विशेश्वर प्रसाद यादब, राम प्रबेश पटेल, सुरज कुर्मी, फुलमती देबि, जितेन्द्र पटेल, दिलिप कुमार रौनियार, बनु शाह गोड सर्वसहमत चयन भएका छन् ।

भेलालाई सम्बाेधन गर्दै रास्वपाका केन्द्रिय सदस्य डा नन्दन यादबले पार्टी सभापतिलाई विपक्षीहरुले निराधार आरोपहरु लगाएर अनावश्यक हिलो छ्याप्ने काम मात्र गरेको बताए । 

रास्वपा पर्साका संयाेजक हरि पन्तले पोखरियामा अब रास्वपाको स्थानीय सरकार बन्ने गरि अघि बढ्न नवगठित कमिटीका पदाधिकारीहरुलाई निर्देशन दिए । उनले अरु पार्टीहरुलाई पटक पटक हेरि सकेकोले अब स्थानीय स्तरमा रास्वपालाई नै जिताउन त्यहाँका स्थानियहरुलाइ आग्रह गरे ।

रास्वपा पर्साका संयाेजक पन्तको सभापतित्वमा सप्पन्न भेलामा निबर्तमान जिल्ला संयोजक दिलिप कुर्मी, उप संयोजक तुल्सा पौडेल, प्रदेश सदस्य सुदिस प्रजापती, सब्बु कणेल, क्षेत्रीय सभापतिहरु फैयाज मिया, जितेन्द्र मिश्र, यातायात बिभाग प्रमुख राम आर्य, शिक्षा बिभाग उप प्रमुख सोना लाल पटेल, वडा सभापती माइकल साप्कोटा, मुना साह, कासिम मिया लागायतको सहभागीता रहेकाे थियाे ।

रास्वपाका संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको उक्त भेलामा क्षेत्रीय सभापति शाने अलिले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स

पर्साबाट एसईई परिक्षामा १२ हजार ६ सय ३७ विद्यार्थी सहभागि हुँदै

कालिका टाईम्स
SQL requests:220. Generation time:5.227 sec. Memory consumption:82.73 mb