29.5 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६७ सांसदको विश्वासको मत पाएका हुन् ।

१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री सिंहलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ तर मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६७ सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको हो । बैठकमा १०१ जना सांसद उपस्थित थिए ।

मधेस प्रदेशसभामा एमालेका सभामुख बाहेक २४, कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९, जसपाका १९, माओवादीका ९ र नेकपा एकीकृत समाजवादीका  ७ सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् । 

लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.304 sec. Memory consumption:82.46 mb