वीरगंज । करेन्ट लागेर वीरगंज कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ११ श्रीपुर निवासी ३० वर्षीय अनिल महतो नुनियाको कारागारमा करेन्ट लागेर मृत्यु भएको हाे ।
शनिबार विहान करेन्टर लागेर घाइते भएका नुनियाकाे वीरगंजस्थि नरायणी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक भारतीले वताए ।
वीरगंज कारागारमा ०७५ सालदेखि जेलजीवन बिताउँदै आएका उनी कारागारको मेसमा काम गर्ने समयमा करेन्ट लागेर घाइते भएका थिए । प्रहरीका अनुसार जवरजस्ती करणी मुद्दामा कारागार सजाय कटाउँदै आएका उनको मेसमा काम गर्ने समयमा मोटरमा आएको करेन्ट लागेर घाइते भएका थिए ।
मृतक नुनियाको शव अहिले नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस