21.4 C
Birgunj
22 October 2024
KALIKATIMES.COM

पाेखरियाकाे ८ औं नगर सभाबाट रु ४७ करोड १२ लाखकाे बजेट पारित

पाेखरिया । पर्साको पोखरिया नगरपालिकाको आठौ नगर सभा शुक्रबार सम्पन्न भएकाे छ । नगरपालिकाकाे कार्यालयमा पाेखरियामा भएकाे नगर सभाकाे बन्द सत्रले रु ४७ करोड़ १२ लाख ९३ हजार रूपैयाको बजेट सर्व सहमतीले पारित गरेकाे पोखरिया नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार आय तर्फ नगरपालिकाकाे वित्तिय समानीकारण अनुदान रु ११ करोड़ १ लाख २ हजार, सर्शत अनुदान चालू तर्फ रु २० करोड ४५ लाख ९९ हजार ३, सशर्त अनुदान पूजीगत तर्फ रु १ करोड़ ४ लाख, सम्पूरक अनुदान र १४ करोड़ ५ हजार रहेकाे छ । यस बर्ष नगरपालिकाकाे विशेष अनुदान प्राप्त भएकाे छैन ।

 त्यसैगरी राजस्व बाडफाड तर्फ रु ९ करोड़ २ लाख ७ हजार, बीतीय समानीकरण प्रदेश सरकारबाट रु ७८ लाख ९४ हजार ८ सय रहेकाे छ । प्रदेश सरकारकाे सशर्त अनुदान चालु तर्फ प्राप्त भएकाे छैन । प्रदेश सरकारबाट सर्शत पूजिगत अनुदान रु ९५ लाख १० हजार, सम्पूरक अनुदान पूजीगत तर्फ रु २० लाख ११ हजार, विशेष अनुदान चालु रु ३० लाख १२ हजार रहेकाे छ ।

त्यसैगरी प्रदेश सरकार राजस्व बाडफाड रु ५० लाख १३ हजार, मालपोतबाट प्राप्त राजस्व स्थानीय स्तर प्राप्त हुने रु १ करोड १४ लाख, आन्तरिक स्रोत स्थानीय स्तरबाट प्राप्त हुने रु ५० लाख गरि जम्मा रु ४७ करोड़ १२ लाख ९३ हजार रूपैयाको बजेट पारित भएकाे नगरपालिकाले जनाएकाे छ ।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएकाे नगर सभाकाे बन्द सत्रमा वडाध्यक्षहरु प्रमोद गिरी, केदार महतो चाई, रामप्रबेश प्रसाद चौहान, लक्षमण साह कानू , सीयानंद प्रसाद चौहान, प्रमानन्द प्रसाद कुर्मी, किशोरी साह, नौशाद आलम, सोनालाल साह गोड, कार्यपालिका सदस्य अजय कुमार कलवार, राधा साह, रामबचन महतो, सुगन्धि देनी पटेल, चुनी देनी, सिमा देवी पटेल, सलीमा खातून, तेतरी देबी, अन्य नगर सभा सदस्यहरु, लेखापाल मनदीप महतो, नगरपालिकाको विभिन्न शाखाका प्रमुख र कर्मचारीहरु उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण नगरपालिकाका कर्मचारी नरेन्द्र साहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ड्राइपोर्ट ट्राफिक प्रहरीले छाडेका ओभर लाेडका गाडीहरुलाई रु दुई लाख १२ हजार जरिवाना

शम्भु कुमार सुमन

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स
SQL requests:216. Generation time:2.455 sec. Memory consumption:81.47 mb