20 March 2025
KALIKATIMES.COM

वीरगंज २० मा एक दिनकाे लागि सुधा बनिन् वडाध्यक्ष

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २० हरपतगंजका वडाध्यक्ष रामकिशोर सिंह (पराग) ले कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई एकदिने मानार्थ वडाध्यक्ष बनाएका छन । सोही वडामा रहेको श्री निरन्जन साह कलवार आधारभूत विद्यालय हरपतगंजमा अध्ययनरत छात्रा सुधा कुमारीलाई वडाअध्यक्ष सिंहले मानार्थ वडाअध्यक्ष बनाएका हुन ।

मानार्थ वडाअध्यक्ष बनेकी सुधाले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी र हरपतगंज स्वास्थ्य चौकी अनुगमन तथा निरीक्षण गरेकी थिईन् । मनार्थ वडाध्यक्षसुधालाई उनी अध्ययनरत विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीमा पनि फुलको माला लगाएर स्वागत गरिएको थियो ।

उनले पहिलो पटक मानार्थ वडाध्यक्ष बनेपछि माला लगाउँदा खुशीको सिमा नरहेको सुनाएकी थिईन् । साथै वडाध्यक्ष बनेपछि विद्यालयमा पुगेर विद्यार्थीहरुलाई खाजा वा खाना खाइसकेपछि झोला बाहिर नफाल्ने, त्यसलाई डस्बिन मै राख्नु पर्ने सुझाव दिएकी थिईन् ।

वडाध्यक्ष परागका अनुसार विद्यार्थीहरुको मनोबल बढाउन राजनितिक र समाजिक र चेतना पनि बढाउन मानार्थ वडाध्यक्ष बनाएका थिए । उनले वीरगंज महानगरपालिकामा रहेको ३२ वटा वडामा मध्ये पहिलो मानार्थ वडाध्यक्ष बनाउने पहिलो जनप्रतिनिधि पनि हुन । विद्यार्थी जिवनकालको राजनितिक आन्दोलन र परिवर्तनले राजनितिमा आएका वडाध्यक्ष परागले आफ्नो समयमा यस्तो अवस्था नरहेको सुनाएका थिए ।

जिवनमा शिक्षा संगै समाजिक र राजनितिक चेतना आवश्यक रहेकाले अहिलेदेखि नै विद्यार्थीहरुलाई यसप्रति लगनशील बढाउन थालेको परागले बताए । जिल्लामा पहिलो पटक मानार्थ वडाध्यक्षको रुपमा छात्रा नै बनेको वडाध्यक्ष सिंहले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:215. Generation time:6.780 sec. Memory consumption:82.46 mb