11 May 2025
KALIKATIMES.COM

वीरगंजमा ५ बर्षिया नाबालिका बलात्कृत, आराेपित पक्राउ

वीरगंज । पांच बर्षिया नाबालिकालाई बलात्कार गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालयकाे क्राइम ब्रान्चले वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ निवासी २१ बर्षिय निरञ्जन मण्डललाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगर कै वडा नम्बर १३ निवासी ५ वर्षीया नाबालिका बलात्कृत भएकाे भन्दै पिडित नाबालिकाकाे अभिभावकले मण्डल विरुद्ध साेमबार जिल्ला प्रहरी कार्यालयमा उजरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे हाे । 

घरमा कोही नभएको मौका छोपी मण्डले कक्षा युकेजीमा अध्ययनरत नाबालिकाको बलात्कार गरेको पिडित बालिकाका अभिभावकले वताएका छन् । ललाइफकाइ गरेर मण्डले आफ्नाे छाेरीलाई असार १३ गते बलात्कार गरेको पिडित नाबालिकाका बुवाले वताए ।

कामको सिलसिलामा बाहिर रहेका आफु घर आएपछि छाेरीकाे आमाले घटना बारे जानकारी गराएपछि आफु प्रहरीमा उजरी दिएकाे उनले वताए । आफुले साेमबार विहान प्रहरीमा उजरी दिएपनि प्रहरीले मंगलबार मात्र वीरगंजस्थित नारायणी अस्पतालमा छाेरीकाे गराएकाे पिडित नाबालिकाका बुवाले जानकारी दिए । 

घटना बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्याालय पर्साका प्रमुख एसपी कुमोध ढुंगेलले वताए । उनले बलात्कार घटनाबारे प्रहरीमा उजुरी आएपछि घटनाबारे अनुसन्धान भइरहेको र मुद्दा दर्ता प्रक्रियामा अगाडि बढाइएकाे जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.369 sec. Memory consumption:82.49 mb