20 March 2025
KALIKATIMES.COM

रास्वपाको मधेस प्रदेश प्रचार प्रसार विभागको प्रमुखमा वीरगंजका पत्रकार सर्राफ नियुक्त

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा वीरगंजका पत्रकार राम कुमार सर्राफ नियुक्त भएका छन् ।

पर्साको मिर्जापुरस्थित एक विशेष कार्यक्रमका बीच रास्वपाका केन्द्रीय संगठन विभागका प्रमुख शंकर श्रेष्ठले सर्राफलाई पार्टीको मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा नियक्त गरिएको पत्र हस्तान्तरण गरेका हुन् ।

नियुक्ति पत्रमा सर्राफलाई मधेस प्रदेश स्तरीय अभियान तथा प्रचार प्रसारको विभागीय प्रमुखको जिम्मेवारी सुम्पिएको उल्लेख गरिएको छ । पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागका नियमावली एवम् कार्यविधि पालना गर्दै आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सदस्यहरूको कार्यक्षमतामा विश्वास राख्दै विभिन्न विभागहरूमा नेतृत्वको जिम्मेवारी दिनेक्रममा सर्राफलाई विभागको प्रमुखमा नियुक्त गरिएको रास्वपा पर्सा जिल्लाका संयोजक हरि पन्तले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शंकर श्रेष्ठले सर्राफलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सर्राफले पनि आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिवद्धता व्यक्त गरे । नियुक्तिसँगै सर्राफले अब पार्टीका संगठनात्मक गतिविधिहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए ।

सर्राफ वीरगंजबाट सञ्चालित यात्राडेली डटकमका अध्यक्ष हुन् भने राष्ट्रिय फोटो पत्रकार महासङ्घका पूर्व मधेस प्रदेश प्रमुख पनि हुन् । विभिन्न सामाजिक गतिविधिमा समेत आबद्ध रहने सर्राफ सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:219. Generation time:4.594 sec. Memory consumption:82.75 mb