12 May 2025
KALIKATIMES.COM

९ औं वार्षिकोत्सवमा ‘लिभिङ विथ इनभाइरोन्मेन्ट’ले ५ हजार बिरुवा रोप्ने, सदस्यता खुला

वीरगंज । लिभिङ विथ इनभाइरोन्मेन्ट संस्थाले आगामी ६ असारदेखि १५ असार २०८१ सम्म आफ्नो आधिकारिक फेसबुक पेजमा सदस्यता आवेदन खुला गर्ने घोषणा गरेको छ । सदस्यताका लागि कक्षा ८ देखि १२ तथा स्नातक स्तरका सम्मका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । वीरगंजकाे लागि मात्र सदस्यता खुल्ला गरिएकाे संस्थाले जनाएकाे छ ।

चयन भएका सदस्यहरूले विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूसँग घुलमिल हुने अवसर, नेतृत्व विकास, देशको प्रतिनिधित्व गर्ने मौका र हाम्रो एनजीओको सिफारिस पत्रद्वारा विदेशमा छात्रवृत्तिका लागि आवेदन दिने सुविधा रहेकाे संस्थाका राष्ट्रिय अध्यक्ष आकाश चाैहानले वताए । यसका साथै, सदस्यहरुले मुख्य रूपमा आमा पृथ्वी र नेपालको माटोको संरक्षणमा योगदान पुर्याउने अवसर पाउने उनले जानकारी दिए ।

यसै क्रममा, जूनियर स्तरका विद्यार्थीहरूका लागि (कक्षा ५ देखि १० सम्म) इको च्याम्प कार्यक्रम पनि सञ्चालन गर्न लागिएको छ । यो क्याम्पमा विद्यार्थीहरूले नेतृत्व कौशल, क्षेत्र प्रशिक्षण, वातावरण सम्बन्धी ज्ञान र जैव विविधताको अन्वेषणजस्ता गतिविधिहरू सिक्नेछन् । यस क्याम्पले विद्यार्थीहरूको आन्तरिक गुणस्तर र आत्मविश्वास बढाउन मद्दत पुर्याउने संस्थाले जनाएकाे छ ।

संस्थाले ९ औं वार्षिकोत्सवको अवसरमा नेपालमा पहिलो पटक विभिन्न स्तरका गतिविधिहरू र नेपाल तथा भारतका विभिन्न वक्ताहरूको सहभागितामा कन्क्लेभ २.० आयोजना गर्ने योजना बनाएको छ । यस अवसरमा बिरगंजको हावा गुणस्तर सुधार गर्न र सडकको अप्रिय आवाजलाई अवशोषित गर्न ५ हजार भन्दा बढी बिरुवाहरू रोप्ने योजना रहेको संस्थाले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.769 sec. Memory consumption:82.45 mb