33.6 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

वीरगंजका विद्यालयमा फेरि ३ दिन गर्मी विदा

वीरगंज । तराई–मधेसमा केहि दिन यता गर्मी अत्यधिक बढेर जनजिवन नै अस्तव्यस्त भएपछि वीरगंज महानगरपालिकाले शिक्षण संस्थाहरुमा फेरि तीन दिनका लागि गर्मी विदा दिने गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगंज महानगरपालिकाले जेष्ठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा गर्मी बिदा दिएकाे हाे ।

यसअघि महानगरपालिकाले यहि जेष्ठ १६ देखि १८ गतेसम्मपनि विद्यालयहरुमा गर्मी विदा दिएको थियाे ।

बुधबार वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले एक सुचना जारी गर्दै हाल गर्मी बढिरहेकाे र अबका केहिदिन अझ गर्मी बढ्ने माैसम विभागकाे पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाकाे स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयहरुम जेष्ठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी विदा दिने निर्णय गरिएको जनाएका छन् ।

गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा गर्मीको विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए ।

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो जेष्ठ महिना सुरु भए यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४०–४३ डिग्रि सेल्सियससम्म पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:12.120 sec. Memory consumption:82.77 mb