12 May 2025
KALIKATIMES.COM

लियो क्लब वीरगंजको नयाँ कार्यसमिति गठन

वीरगंज । लियो क्लब अफ वीरगंजले वर्ष २०२४/२५ को लागि नयाँ कार्यसमिति गठन गरेको छ । बिहिबार बसेको क्लबको बैठकले इन्जिनियर मुसरफ अन्सारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नव नियुक्त अन्सारीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा लियो सादिया प्रविन,सचिवमा लियो रजत पाण्डे, कोषाध्यक्षमा लियो आसिम सम्मानी, सह-सचिव लियो सेख अन्जर, सह-कोषाध्यक्ष लियो सेख सारिक, जनसम्पर्क अधिकृत लियो कबिर फिरोज, टेल ट्विस्टर प्रेम प्रजापती, सल्लाहकारमा लियो मेराजुल हवारी, जेयाद अन्सारी, रिसभ अग्रवाल, सरिता खडगी, तिवारी यादव, शम्भु कुमार सुमन, रामकिसोर सिंह, होम क्लन लायन्सको तर्फबाट लायन्स बिनित जैस्वाल चयन भएका छन ।

यस्तै क्लबले कार्यसमितिको पुर्णता लगायत अन्य पदाधिकारीको चयन अगामी दिनमा बस्ने नयाँ कार्यसमितिले गर्ने लियो क्लब अफ वीरगंजले जनाएको छ । नव नियुक्त क्लबका अध्यक्ष अन्सारीले वीरगंज क्षेत्रको विकास र पछाडी परेको क्षेत्रमा लियो क्लब अफ वीरगंजले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले आफुलाई सानैदेखि सामाजिक क्षेत्रमा काम गर्ने रहर भएको र अहिले त्यसको लागि उपयुक्त स्थान पाएको बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.359 sec. Memory consumption:82.45 mb