10 May 2025
KALIKATIMES.COM

इप्रका पाेखरियाद्वारा टिनडाेवियामा छापा, लागुऔषध चरेशसहित कुर्मी पक्राउ

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरीयाले ठुलो परिमाणमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेकाे छ ।

विशेष सूचनाकाे आधारमा शनिबार विहान २:३० बजेकाे समयमा इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीकाे कमाण्डमा खटेकाे प्रहरी टाेलीले कालिकामाई गाउँपालिकाकाे वडा नं. –१ टिन्डोबियास्थित बृजेश प्रसाद कुर्मीको घरबाट लागु औषध चरेश बरामद गरेकाे हाे ।

कुर्मीकाे घर खानतलासी गर्दा निजको घरको बरन्डामा सिमेन्टको बोरा भित्र राखिएको ३१ वटा चारपाटे आकारको पोकामा जम्मा १७ कीलो लागू औंषध चरेश फेला परेकाे प्रहरीले जनाएकाे छ । उक्त लागू औंषध सहित निज कुर्मीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर निज विरुद्ध लागु औषध मुद्दामा प्रहरीले अनुसन्धान अगाडी बढाएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:22.033 sec. Memory consumption:82.76 mb