32.9 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

महुवनकी शिक्षिका गुप्ताको अल्पायुमै निधन, गाउँ नै शोकमा

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनकी शिक्षिका ४० बर्षिय अर्चना कुमारी गुप्ताको अल्पायु मै निधन भएको छ ।

श्री दलित प्राथमिक विद्यालय महुवनकी निवर्तमान प्रधानाध्यापक समेत रहेकी शिक्षिका गुप्ताको आईतवार राती हार्ट आट्यक (हृदयाघात) भएर मृत्यु भएको परिवारजनले जनाएका छन् ।

आइतबार राती महुवनबाट गुप्ता वीरगंज ८ पानीटंकीस्थित आफ्नो घर फर्किएकी थिईन । गाउँको एक विहेभोजबाट सहभागी भएर पानीटंकीस्थित घर फर्किएको केही बेर मै गुप्ताको घर नजिक रहेको कलासिक नेटको कार्यालयमा आगलागी भएको थियो ।  आगलागी बारे थाहा पाएकी गुप्ता आफ्नो घरबाट दौडदै छोरा/छोरीको साथ त्रसित भएर कराउँदै तल पुगेकी थिईन । 

क्लासिक नेट नजिक रहेको आफ्नो पनि घर जल्ने डरले त्रसित गुप्ताको फेसबुकबाट उनको छोरा/छोरीले आगलागीको लाईभ गर्दा समेत समयमा दमकल र प्रहरी पुगन सकेन । त्यसको केही बेर मै त्यही ढलेकी गुप्तालाई पहिला पानीटंकीस्थित सर्बोत्म अस्पताल लगिएको थियो । सर्बोत्म अस्पतालले मृत्यु भएको भन्दा पनि परिवारजनको चित नबुझेपछि वीरगंजस्थित नै नेशन मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालले पनि गुप्ताको मृत्युु भएको घोषणा गरेपछि सोमबार विहान उनको शवलाई महुवन लगियो । शिक्षिका गुप्ताको शव उनको गाउँ महुवनमा पुगेपछि गाउँ नै शोकमा डुब्यो । मृतक गुप्ताको सोमबार दिउसो महुवनस्थित आर्यघाट दाहसंस्कार गरियो ।

गुप्ताको अन्त्येष्टिमा मधेश प्रदेशका शिक्षा तथा सांस्कृती मन्त्री प्रमोद जयसवालसहित सयौंको संख्यामा सहभागी भएका थिए ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासको कार्यक्रम अधिकृत शिवचरण रौनियारकी श्रीमती शिक्षिका गुप्ता महुवनमा लोकप्रिय थिईन । उनको एक ३ बर्षिय छोरासहित दुई छोरा र एक छोरी छन् ।

गैरसरकारी संस्था महासंघ नेपाल पर्साको कार्यसमिति सदस्य समेत रहेकी गुप्ता अरुणोदय युवा क्लब लगायतका संस्थामा पनि आवद्ध थिईन ।

मृतक गुप्ता कै पानीटंकीस्थित घरमा कालिका टाईम्सको कार्यालय संचालन रहेको छ । गुप्ताको मृत आत्माको चिरशन्तीको कामना गर्दै कालिका टाईम्स परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:3.253 sec. Memory consumption:82.49 mb