12 May 2025
KALIKATIMES.COM

अधुरो सडक निर्माण गराउनेतर्फ लेखा समितिको चासो

वीरगंज । बाराको मानवत मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयास्थित अधुरो बाटो निर्माण गराउनेतर्फ संघीय संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । उक्त सडक खण्डको समितिका सदस्यहरुले बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।

समितिका सदस्य सांसद अमरेशकुमार सिंहले अधुरो रहेको सडक निर्माण छिटो गर्न ठेकेदारलाई निर्देशन दिए । उक्त सडक खण्डअन्तर्गत अन्य स्थानको सडक बने पनि कलैयादेखि अवधापुरसम्मको तीन किलोमिटर बाटो बनाएर अलपत्र छाडिएको छ । सडक नबन्दा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

धुलोधुँवाले हिँडडुल गर्न पनि समस्या भएपछि स्थानीयले पटक-पटक चक्काजामसमेत गरेका थिए । तर पनि हालसम्म उक्त सडक निर्माण हुन सकेको छैन ।

यस्तै, पर्साको ठोरी गाउँपालिकास्थित अधुरो हुलाकी सडक निर्माणका सम्बन्धमा पनि सार्वजनिक लेखा समितिले चासो देखाएको छ । साविकको ठोरी गाविसमा अधुरो रहेको करिब ५ किलोमिटर सडकको स्थलगत निरीक्षण गर्दै समितिका सदस्यहरुले सडकको अवस्थाका बारेमा चासो देखाएका हुन् ।

स्थलगत निरीक्षण गर्न पुगेका सार्वजनिक लेखा समितिका सदस्य पूर्व वनमन्त्री प्रदीप यादवसहित सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह, वेदप्रसाद तिमल्सिना, प्रभु हजरालगायतले सडक निर्माणको अवस्था, समस्यालगायतका विषयमा स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:3.936 sec. Memory consumption:82.45 mb