12 May 2025
KALIKATIMES.COM

गुणस्तरिय शिक्षा तथा समावेशी शिक्षा सम्बन्धी सिकाई आदानप्रदान

वीरगंज । गुणस्तरिय शिक्षा तथा समावेशी शिक्षा सम्बन्धी सिकाई आदानप्रदान कार्यक्रम मंगलबार वीरगंजमा सम्पन भएको छ ।

एनईसी नेपालको आयोजनामा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले हाम्राे पालिकाको क्षमता र बजेटले भ्याए सम्म एनईसी नेपालका कार्यक्रमलाई सहयोग गर्ने बताए । उनले हाम्राे पालिकाको कुल बजेटको ४४ प्रतिशत शिक्षामा नै लगानी भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष यादवले  शिक्षा नै सब थोक भएकोले शिक्षामा लगानी गरी पालिकालाई सर्बाेत्कृष्ट बनाउने लक्ष्य पनि रहेको बताए । 

पोखरीया नगरपालिकाकी उपप्रमुख रुबी ठाकुरले पहिला भन्दा अब शिक्षामा सुधार भएको बताईन । उनले शिक्षाका लागी हरेक तरिकाबाट सहयोग गरिरहेको र अब आउने दिनहरुमा पनि गर्ने प्रतिबद्धता जनाईन ।

गैररसरकारी संस्थाा महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले कसैलाई गाली र आरोप लगाएर समावेशी र गुणस्तरिय शिक्षा हुन नसक्ने बताए । उनले शिक्षक, अभिभावक, विद्यार्थी तथा पालिकाको सहयोग बिना समावेशी र गुणस्तरिय शिक्षाको परिकल्पना गर्नु मुर्खता बाहेक केही हुन नसक्ने बताए । निजी विद्यालयका बिधार्थीहरु भन्दा सरकारी विद्यालयका बिधार्थीहरु बढी भन्दा बढी लोक सेवामा नाम निकाल्न सफल भएको जिकिर गरे ।

सरकारी विद्यालयका शिक्षक र बिधार्थीहरुको मनोवल गिराउनु भन्दा सेवा सुबिधा दि मनोवल उच्च बनाउदा समावेशी र गुणस्तरिय शिक्षामा टेवा पुग्ने अध्यक्ष साहले बताए । धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबनीका वडाध्यक्ष मनउर मियाले हामी सबै जनाको साझा प्रयासबाट शिक्षा समावेशी र गुणस्तरीय हुनसक्ने बताए ।

समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको सिकाई आदानप्रदान कार्यक्रममा शिक्षक चन्देश चौहान, पत्रकार माधुरी महतो, समाजसेवी दुलार्चन साह लगायतकाले मन्तब्य राखेका थिए । एनईसीका प्रशिक्षक तथा अनुसंधानकर्ता डा. प्रमोद केसी, एसवोडिसीका ललन पटेल र रोजिनाले बिभिन्न बिषयमा प्रस्तुती तथा छलफल गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.051 sec. Memory consumption:82.46 mb