42.8 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

मधेश विश्वविद्यालयकाे ९ छात्रवृत्ति मध्ये डेसिमल कलेज कै ४ जना नाम निकाल्न सफल

वीरगंज । मधेश विश्वविद्यालयकाे छात्रवृत्तिका लागि डेसिमल कलेजका ४ विद्यार्थी छनाैट भएका छन् ।

मधेश विश्वविद्यालयले साेमबार प्रकाशन गरेकाे बिएएलएलबि तर्फकाे पूर्ण छात्रवृत्ति सूचिमा ११ जना मध्ये ४ जना डेसिमल कलेजका विद्यार्थी नाम निकाल्न सफल भएकाे क्लेजका प्रमुख शनि दुबेले जानकारी दिए ।

उनका अनुसार डेसिमल कलेजका विद्यार्थी जेहेन्दार तर्फ एक नम्बरमा निरज पटेल, जेहेन्दार तर्फ नै दुई नम्बरमा अमर यादव, दलित तर्फ रुपलाल राम र मुस्लिम तर्फ महमद मुस्ताक मियाँ नाम निकाल्न सफल भएका हुन् ।

यसैगरी मधेश विश्वविद्यालयकाे बिएएलएलबिकाे छात्रवृत्तिकाे लागि समाजिक समुह तर्फ अन्य कलेजका हारुण अन्सारी, साेनी कुमारी पासवान, रुपलाल राम, अरविन्द महताे, दीक्षा कुमारी चाैधरी, नक्कुल ठाकुर लाेहानर, मनिषा कुमारी र नुर आलम देवान नाम निकाल्न सफल भएका छन् ।

यसैगरी बिबिएएमकाे जेहेन्दार समुह तर्फ खुशी गुप्ता र बिपिएएम समाजिक समुह तर्फ सहिमा खातनु नाम निकाल्न सफल भएकाे मधेश विश्वविद्यालयले जनाएकाे छ । छात्रवृत्तिका लागि छनाैट भएका विद्यार्थीहरुलाई कबुलियत नामा गर्नका लागि प्रशासन शाखामा सम्पर्क गर्न साेमबार विश्वविद्यालयले सूचना समेत गरेकाे छ ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:4.952 sec. Memory consumption:82.48 mb