9 May 2025
KALIKATIMES.COM

राेट्याक्ट क्लबद्वारा कलैया अस्पताललाई स्वास्थ्य उपकरण सहयाेग

वीरगंज । राेट्याक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसले कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरण सामग्री सहयाेग गरेकाे छ ।

क्लबले एक कार्यक्रमकाे बिच बिहिबार अस्पताललाई पूर्ण स्वचालित CLIA प्रणाली (A1860), पूर्ण स्वचालित इलेक्ट्रोलाइट विश्लेषक (ST200 Aqua) र पूर्ण रूपमा स्वचालित इम्युनोफ्लोरेसेन्स विश्लेषक (GP 1100) हस्तान्तरण गरिएकाे क्लबकी अध्यक्ष रेषु अग्रवालले जानकारी दिइन । 

एक्सिस ग्रुपकाे सहयाेगमा कलैया अस्पतालको लागि मेड टेक डोनेशन ड्राइभ परियाेजना अन्तर्गत अस्पतालका मेसु डा अजय गुप्तालाई अत्याधुनिक चिकित्सा उपकरणहरू सहयाेग गरिएकाे उनले वताइन । 

उपकरण हस्तान्तरण कार्यक्रममा राेटरी क्लब अफ वीरगंज मेट्राेपाेलिसका चन्दन सिंह, नन्दन चाैरसिया, राेट्याक्ट क्लबका नकुल गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यी अत्याधुनिक मेसिनहरूले अस्पतालको निदान क्षमताहरूमा उल्लेखनीय रूपमा वृद्धि गर्ने, छिटो र अधिक सटीक चिकित्सा विश्लेषणहरूको लागि अनुमति दिँदै र बिरामी हेरचाहलाई फाइदा पुर्‍याउने क्लबका दिपु बर्णवालले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:13.035 sec. Memory consumption:82.76 mb