42.8 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिऔं : पूर्वमन्त्री यादव

वीरगंज । पूर्वमन्त्री प्रदिप यादवले स्कुलले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने बताएका छन् । वीरगंजस्थित चिल्ड्रेन वल्ड माबिको बार्षिकाेत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।

स्कुलका बिद्यार्थीहरुले बार्षिकाेत्सव अवसरमा प्रदर्शन गरेको क्रियाकलापबाट आफु हर्षित भएको बताउँदै जसपाका प्रमुख सचेतक समेत रहेका यादवले यसबाट अभिभावकहरु समेत खुशी भएको जिकिर गरे ।

कार्यक्रममा सरकारी तथा समुदायिक बिद्यालयको बिषयमा आफ्नो धारण राख्दै पूर्वमन्त्री यादवले समुदायिक बिद्यलायलाई सुधार गर्दै जानु पर्ने कुरामा जोड दिए । उनले शिक्षकहरुले राजनितिक छोडनु पर्ने बताउँदै शिक्षकहरुले पार्टीको झण्ड बोक्ने काम बन्द गर्नु पर्ने कुरामा जोड दिए ।

अहिले पनि समुदायिक स्कुलका बिधार्थीहरु बोरामा वसेर पढी रहेको बताउदै पूर्वमन्त्री यादवले निजी बिद्यालय तथा समुदायिक बिद्यालयका बिधार्थीहरुले एक समन रुपमा शिक्षा पाउनु पर्ने कुराको संकेत गरे ।

बिद्यालयले आयोजना गरेको बार्षिक उत्सव समारोहमा स्कुलका बिधार्थी, शिक्षिक,शिक्षिका एवं आमन्त्रित अथितीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:3.106 sec. Memory consumption:82.47 mb