32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

बचत गर्ने बानीको विकास गर्नुपर्छ : नेता पटेल

वीरगंज । बचत गर्ने बानीको विकास गर्नुपर्ने एमालेका नेता शिव पटेलले वताएका छन् । खर्च गर्ने प्रवृती बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य पटेलले बचत गर्ने बानी बसाल्न सबैलाई आग्रह गरेका हुन् । 

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ नगरदाहास्थित साधना लघुबित्त वित्तिय संस्थाले ‘ग्लोबल मनी विक’ को अवसरमा आयोजना गरेको जनप्रतिनीधिलक्षित वित्तिय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऋणलाई सही ठाउँमा लगानी गर्न सुझाव दिए । 

ग्रामिण क्षेत्रका बासिन्दालाई बिना धितो समुह तथा गोलियाको अधारमा ऋण निकाल्न पाउने व्यवस्था गर्नुपर्ने र त्यसको लगानीको सुनिश्चितता गर्नेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराए । 

महिला जनप्रतिनिधि सरस्वती देविको अध्यक्षतामा आयोजित साक्षरता कार्यक्रममा साधना लघुबित्त वित्तीय संस्थाका सिताराम पण्डीत, बिशाल कुमार यादव, स्थानिय बिजय कुमार, बिन्देबासिनि मन्दिरका पुजारी पुरुषोत्तम उपाध्याय लगयतले धारणा राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.831 sec. Memory consumption:82.48 mb