14 May 2025
KALIKATIMES.COM

नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा

वीरगन्ज । नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी (विशेषज्ञ) सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् ।

अध्ययनका लागि मेडिकल कलेजले होस्टल बस्नैपर्ने बाध्यता गरेकोलाई हटाउनुपर्ने, अध्ययनपछिको इन्टर्नसिपमा दिईने पारिश्रमिक वृद्धि गर्नुपर्ने, कलेजको क्यान्टिनको मेस हटाउनु पर्ने र इन्टरनेटको वाईफाई हटाउनुपर्ने लगायतका माग गरेर मूल गेटमै धर्ना बसेर विद्यार्थीहरु आन्दोलन गरेका छन् । उनीहरुले कलेजका प्रशासन प्रमुख आविद हुसैन अन्सारी (चाँद) को राजिनामा समेत माग गरेका छन् ।

कलेजमा अध्ययन सकिएपछि गरिने इन्टर्नशीपमा दिईदै आएको १० हजार पारिश्रमिक बढाएर १५ हजार गर्नुपर्ने माग राखेको एक विद्यार्थीले बताए । चार दिनदेखि आन्दोलन गरेपनि कलेज प्रशासनले अहिलेसम्म कुनै सुनुवाई नगरेको आन्दोलनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । प्रशासन प्रमुख चाँदले विद्यार्थीहरुलाई राम्रो व्यवहार नगरेकोले राजिनामा माग गरेका हुन् ।

चार दिनदेखि विद्यार्थीहरुले गरेको आन्दोलनले पठनपाठन ठप्प भएपनि आधिकारिक कोही पनि व्यक्ति विद्यार्थीहरुको माग सम्बोधनको विषयमा भन्न नआएको आन्दोलन विद्यार्थीले बताएका छन् ।

नेशनल मेडिकल कलेजमा विद्यार्थीहरु आन्दोलित भएको जानकारी पाएपछि अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा मधेस प्रदेश उपाध्यक्ष इश्क कुमारले संगठनको ध्यानाकर्षण भएकाे बताए ।

उनले आन्दोलनरत विद्यार्थीहरुसँग भेटेर मागको विषयमा बुझेको र मागहरु जायज रहेकोले सम्बोधन गर्नुपर्ने बताए । कलेज प्रशासनले होस्टेल, तथा इन्टरनेट लगायतका सेवाहरुमा शुल्क वृद्धि गर्ने तर बर्षौदेखि त्यहि इन्टर्नशीपमा कार्यरत विद्यार्थीहरुको पारिश्रमिक नबढाउनु न्यायोचित नभएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:6.154 sec. Memory consumption:82.47 mb