32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

पर्सामा एक शिक्षककाे कुटपिटबाट विद्यार्थी घाइते, शिक्षक प्रहरी नियन्त्रणमा

वीरगंज । विद्यार्थीलाई कुटपिट गरेकाे आराेपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ मा रहेकाे गाेल्डेन गल्ब बाेर्डिङ्ग स्कुलका शिक्षक शशि यादवलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे

शिक्षक यादवकाे कुटपिटबाट गाेल्डेन गल्ब स्कुलका कक्षा ३ का विद्यार्थी १२ बर्षिय प्रितम साह घाइते भएका छन् । घाइते प्रितमकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ । उनकाे आँखा र शरिरकाे विभिन्न भागमा गम्भिर चाेट लागेकाे छ ।

विद्यालयमा दुई दिन अनुपस्थित किन भएकाे भन्दै शशि सरले पाइपले कुटेकाे घाइते बालिका प्रितमले वताए । उनले भने “म विद्यालयमा बिरामी भएर दुई दिन अनुपस्थित थिए, सरले विद्यालयमा किन नआएकाे भन्दै चाैथाे घण्टीमा पाइपले जाेड जाेडले हान्नु भयाे । मे घाइते भएपनि मेराे उपचार समेत गराउनु भएन “

बहुदरमाई नगरपालिकाकाे वडा नं. ६ गम्हरिया निवासी घाइते विद्यार्थी त्यहाँबाट बिन्दवासिनी पढन आउने गर्छन् । शिक्षककाे कुटपिटबाट दिउसाे १ बजे घाइते भएका प्रितम अपरान्ह ४ बजे घर पुगेपछि मात्र घटना बारे थाहा भएकाे घाइते विद्यार्थीका काका मुकेश साहले वताए । त्यसपछि घाइते विद्यार्थीकाे उपचार गराउन नारायणी अस्पताल पुगेका उनले कुटपिट गर्ने शिक्षक र स्कुल विरुद्ध प्रहरीमा उजरी दिने वताए । 

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक यादव प्रहरीकाे नियन्त्रणमा रहेकाे अस्थायी प्रहरी पाेष्ट बिन्दवासिनीका प्रहरी सहायक निरिक्षक (असई) रामबाबु गुप्ताले वताए । शिक्षक यादवलाई प्रहरी पाेष्ट बिन्दवासिनीकाे नियन्त्रणमा राखेर घटना बारे अनुसन्धान भइरहेकाे असई गुप्ताले जानकारी दिए ।

हाल वीरगंज महानगरपालिकाले नगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरुमा जाडाे विदा दिएकाे छ । तर केही निजी विद्यालयहरुले महानगरपालिकाकाे निर्देशनलाई अवज्ञा गर्दै विद्यालयहरु संचालन गर्दै आएका छन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.098 sec. Memory consumption:82.5 mb