29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

चिसाे बढ्दै गएपछि पर्साका विद्यालयहरु बन्द हुँदै

वीरगंज । चिसाे बढ्दै गएपछि पर्साकाे पालिकाहरुले विद्यालयहरुमा पठनपाठन बन्द गर्न थालेका छन् ।

तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित हुदैं गएकाे छ । हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी पालिकाहरुले विद्यालयमा विदा दिन्न थालेका हुन् ।

पर्साकाे पोखरिया नगरपालिकाले विद्यालयहरुमा ६ दिन जाडाे विदा दिएकाे छ । बढदो अत्याधिक सितलहरको कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै पुस २४ गते मंगलबारदेखि पुस २९ गते आइतवार सम्म नगरपालिका अन्तर्गतका विद्यालयहरु बन्द रहने पाेखरिया नगरपालिकाका निमित प्रमुख प्रमाशकिय अधिकृत अजय कुमार श्रीवास्तवले वताए ।

शौक्षिक क्यालेन्डर अनुसार नगरपालिका अन्तर्गतका बाल बिकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने उनले जानकारी दिए ।

यसैगरी पर्सा कै छिपहरमाई गाउँपालिकाले विद्यालयहरुमा ३ दिन हिउँदे विदा दिएकाे छ  |

केहि दिनदेखि चिसो बढ्दै गईरहेको हुँदा विधार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस २४ देखि पुस २६ गते सम्म वर्षे विदाबाट कट्टा हुने गरी छिपहरमाई गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण विधालयमा जाडो विदा दिईएको निमित प्रमुख प्रसाशकिय अधिकृत शम्भु साहले जानकारी दिए ।

यसैगरी पर्सा कै धोबीनी गाउँपालिकाले पनि विद्यालयहरुमा ७ दिन हिउदे बिदा दिएकाे छ ।

केही दिनदेखि मौसम प्रतिकुल रहेको र अत्यधिक जाडो भई रहेकोमा शिक्षा नियमावली २०५९ (संशोधन सहितको) नियम ८५ को उपनियम ३ मा व्यवस्था भए अनुसार हिउदो विदाबाट कट्टा हुने गरि पुस २४ गतेदेखि माघ १ गते सम्म आदेश विधालय बन्द रहने धाेबिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बृजकिशाेर त्रिपाठीले जानकारी दिए ।

यसैगरी पर्सा कै जगरनाथपुर गाउँपालिकाले विद्यालयहरुमा ६ दिन जाडो विदा दिएकाे छ ।

बढदो अत्याधिक सितलहरको कारण बालबाललिकाहरूको स्वास्थयमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै पुस २४ गते मंगलवारदेखि पुस २९ गते आईतवार सम्म शैक्षिक क्यालेन्डर अनुसार जगरनाथपुर गाउँपालिका अन्तर्गतका वालविकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विधालयहरु बन्द रहने गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशाेक कुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.426 sec. Memory consumption:82.5 mb