वीरगंज । चिसाे बढ्दै गएपछि पर्साकाे पालिकाहरुले विद्यालयहरुमा पठनपाठन बन्द गर्न थालेका छन् ।
तराई-मधेसमा केहि दिनयता चिसाे बढ्दै गएका कारण जनजिवन प्रभावित हुँदै गएकाे छ । हुस्सु लाग्नुका साथै घामपनि लाग्न छाडेपछि चिसाे बढेकाे र यसले विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएकाले त्यसैलाई मध्यनजर गरी वीरगंज महानगरपालिका र बहुदरमाई नगरपालिकाले विद्यालयहरुमा विदा दिएकाे छ ।
वीरगंज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा साेमबारदेखि पुस १ गते सम्मकाे लागि ८ दिन जाडाे विदा दिएकाे छ ।
आइतबार बसेकाे महानगरकाे शिक्षा समितिकाे बैठकले साेमबारदेखी माघ १ गतेसम्म आठ दिन महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेकाे शिक्षा अधिकृत हरि राउतले जानकारी दिए । तर परिक्षा चलिरहेका केहि संस्थागत विद्यालयहरुकाे हकमा भने परिक्षा नियमित राख्न अनुराेध गरिएको राउतले बताए ।