29.2 C
Birgunj
25 May 2025
KALIKATIMES.COM

मन्त्रीले बनाए किशोरीहरूलाई साथी

वीरगंज । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन् ।

मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा ‘म बालिका हो, दुलही होइन’ अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरुले मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई भेटेर साथी बन्न आव्हान गरेपछी मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्विकार गरेका हुन् ।

यहाँका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालय स्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनिकरण, बाल सहभागिता जस्ता विषयमा छलफल चलाउँदै आएका छन् ।

एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्रले पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम संचालन् गर्दै आइरहेको छ ।

किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधि सहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिजन क्लबकी लिडर मधु यादवले बताइन् ।

यसै योजना अन्तर्गत मन्त्री सिंहसँग पनि किशोरीहरुले साथीको साइनो गाँसेका हुन् ।

किशोरीहरूसँग साथी बन्ने कार्यक्रमका क्रममा बोल्दै मन्त्री सिंहले मधेस प्रदेशमा बालिका तथा किशोरीहरूले भोग्नुपर्ने सामाजिक, मानसिक साथै यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरुलाई निराकरण गर्न आफू लागि पर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेकपा एस पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न, साह र पटेल निलम्बित

कालिका टाईम्स

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

कालिका टाईम्स

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

कालिका टाईम्स
SQL requests:218. Generation time:5.519 sec. Memory consumption:82.74 mb