14 May 2025
KALIKATIMES.COM

हरि खेतानका प्रमुख डा. भगवान यादवले पाए अवकाश, निमित्त प्रमुखकाे जिम्मेवारी किशाेरी रायलाई

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका  प्रमुख डा. भगवान प्रसाद यादवले अनिवार्य अवकाश पाएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश (पी.पी) खेतानले डा. यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकाश दिएका हुन् ।

करिब ४ दशकदेखि क्याम्पस प्रमुख रहेका यादवको ठाउँमा किशोरी रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । उनी क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए । अर्को क्याम्पस प्रमुखको व्यवस्था नभएसम्मका लागि रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको सञ्चालक समितिका अध्यक्ष खेतानले बताए । निमित्त क्याम्पस प्रमुखका रूपमा रायले क्याम्पस र विद्यार्थीको हकमा काम गर्ने खेतानको विश्वास छ । 

रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपवा स्थायी घर भएका किशोरी राय ४९ वर्षका भए । उनले अंग्रेजी विषयमा एमएड गरेका छन् भने समाजशास्त्रमा एम र एलएलबीसम्मको अध्ययन गरेका छन् । उनी १८ वर्षदेखि सहायक क्याम्पस प्रमुखको रुपमा हरिखेतान बहुमुखी क्याम्पस मै कार्यरत थिए ।

दीवंगत बिहारीलाल खेतानले आफ्ना छोरा हरिगोपाल खेतानको स्मृतीमा २०३८ सालमा हरिखेतान क्याम्पसको स्थापना गरेका थिए । ११ जना विद्यार्थीबाट सुरु भएको क्याम्पसमा हाल करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा प्रत्यक्ष रुपमा १ सय ४५ जनाले रोजगारी प्राप्त गरेका छन् । 

पहिलो क्याम्पस प्रमुखको रुपमा डा. भिमचरण थापा र दोस्रो क्याम्प प्रमुखमा डा. कुलानन्द दास थिए भने त्यसपछि करिब २०४० सालमा क्याम्पस प्रमुख बनेका डा. भगवान प्रसाद यादवलाई अहिले अनिवार्य अवकास दिइएको हो । 

क्याम्पस २०३८ सालमा स्थापना भएपनि त्रिविको कार्यकारी परिषद्बाट पारित भएर योजना निर्देशनालयबाट भने २३ जेठ २०७९ मा मात्रै प्रमाणिकरण भएको छ । त्यसअघि क्याम्पसको विधान कहीँकतै पनि दर्ता नरहेको पाइएको छ । 

क्याम्पसमा प्लस टु देखि स्नातकोत्तरसम्म विभिन्न संकायमा पठनपाठन हुँदै आएको छ । प्लस टु मा व्यवस्थापन, कानुन, विज्ञान, शिक्षा र मानविकी संकायको अध्यापन हुन्छ भने स्नातकमा एलएलबी, बिबिएस, बिएड र बिए पढाई हुने गरेको नवमनोनित निमित्त क्याम्पस प्रमुख किशोरी रायले जानकारी दिए ।

उनकाअनुसार स्नातकोत्तरमा एमबिएसको अध्यापन भइरहेको छ भने एम एड, एमएआरडी र समाज शास्त्रमा स्विकृत प्राप्त भएको छ ।

अवकाश प्राप्त डा. यादवले क्याम्पसलाई विधि विधान विपरीत सञ्चालन गरेको आरोप लाग्दै आएको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:4.801 sec. Memory consumption:82.47 mb