32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

मानव अधिकार सम्बन्धि पत्रकारिता तालिम सम्पन्न

वीरगंज । मानव बेचबिखन र मानव अधिकार सम्बन्धी रिपोर्टिङमा मल्टिमिडिया प्रविधिको प्रयोग विषयक ३ दिने तालिम बिहिबार जनकपुरमा सम्पन्न भएकाे छ । 

अस्ट्रेलियन एडको सहयोगमा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजन) ले संचालन गरेकाे पत्रकारहरूलाई मानव बेचबिखन र मानव अधिकारका मुद्दाहरुको रिपोर्टिङमा सशक्त बनाउने कार्यक्रम अन्तर्गत तालिम सम्पन्न भएकाे हाे । 

पत्रकारहरूलाई खाेजमूलक मल्टिमिडिया स्टोरी उत्पादन गर्नका लागि खाेजमूलक मल्टिमिडिया रिपोर्टिङ प्रशिक्षण तथा मेन्टरसिपको सहायता प्रदान गर्ने उद्देश्यले आयाेजना गरिएकाे तालिम उपलब्धि मूलक रहेकाे तालिममा सहभागि पत्रकारहरुले वताए ।

तालिममा मानव बेचविखन तथा मानवअधिकार सम्बन्धि खाेजमुलक रिपाेर्टिङ गर्दा ध्यान दिनु पर्ने कुराहरु, अपनाउनी पर्ने सावधानीहरु र अनलाइन टुलसहरुकाे प्रयाेग बारे जानकारी प्राप्त भएकाे बाराकी निलिसा बरालले वताइन ।

तालिमबाट मानव तस्करी र मानव बेचबिखन बारे जानकारी पाउनुकाे साथै कानुनी प्रावधानहरुकाे बारेमा पनि जानकारी प्राप्त भएकाे पर्साका सुर्या सुभचिन्तकले वताए ।

तालिममा निमजनका रजनिश भण्डारी, दिनेश रेग्मी, उज्जवल शाक्य, विजिता भण्डारी, कल्पना भट्टराई,  शान्ति पुनस्थापना गृह जनकपुरकी कार्यक्रम संयाेजक रिना झा, अधिवक्ता रिंकु कुमारी यादव लगायतले प्रशिक्षण दिएका थिए । 

जनकपुरकाे सितासरण हाेटलमा भएकाे तालिममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, मधेश प्रदेशकी उपाध्यक्ष ज्याेति झासहित मधेश प्रदेशका विभिन्न जिल्लाका २० जना पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे । 

तालिमका सहभागिहरु मध्ये दुई जना पत्रकारलाई खाेजमुलक स्टाेरी गर्नकाे लागि फेलाेसिप पनि प्रदान गरिने आयाेजक निमजनले जनाएकाे छ । त्यसकाे लागि पनि इच्छुकले अनलाइन फर्म भर्नु पर्ने र फर्म भरेकाहरु मध्ये संस्थाले दुई जनालाई छनाैट गरि रु ३० हजारकाे दरले फेलाेसिम प्रदान गर्ने छ ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:4.937 sec. Memory consumption:82.77 mb