12 May 2025
KALIKATIMES.COM

दिब्य विकास स्रोत केन्द्रकाे १७ औ सामाजिक लेखाजोखा सम्पन्न

वीरगंज । दिब्य विकास स्रोत केन्द्र, पर्साकाे १७ औ सामाजिक लेखाजोखा कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएको छ । इमानदारिता, जवाफदेहिता र पारदर्शिताकाे लागि सन् २०२२ मा संस्थाले संचालन गरेकाे कार्यक्रमकाे समाजिक लेखाजाेखा सम्पन्न भएकाे हाे ।

संस्थाले संचालन गरेकाे स्थानिय अधिकार कार्यक्रम, महिला अधिकार कार्यक्रम, किशाेरी सशक्तिकरण लागि शिक्षा कार्यक्रम, सामी परियाेजना, स्वयम् सेवक परिचालन कार्यक्रमकाे र संस्थाले संचालन गरेकाे क्रियाकलापकाे बारेमा समाजिक लेखाजाेखा सम्पन्न भएकाे दिव्य विकास स्राेत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले वताए ।

वीरगंजस्थित होटल रोयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा वाेल्ने वक्ताहरुले पर्सामा थुप्रै गैर सरकारी संस्थाहरु भएपनि  दिब्य विकास स्रोत केन्द्र जस्ताे पारदर्शी नभएकाे वताउँदै संस्थाकाे प्रशंसा गरेकाे थियाे ।

वक्ताहरुले दिव्य बिकाश श्रोत केन्द्रले समाजमा महत्वपुर्ण योगदान गरेको चर्चा गर्दै अगामी दिनमा पनि निरन्तरता दिनु पर्ने वताए ।

दिब्य विकास स्रोत केन्द्र पर्साका अध्यक्ष उमेश प्रसाद चाैहानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरन पटेल, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बविता सिंह, पाेखरिया नगरपालिकाकी पूर्व उप प्रमुख सल्मा खातुन, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्रहिम देवान, कालिकाकामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष जयनारायण कुर्मी, सामी परियोजनाका कार्यक्रम अधिकृत शिवचरण साह, महिला अधिकारको लागि राष्ट्रिय अभियानका अध्यक्ष कविता चौधरी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नागेश्वर चौधरी, चादनी कुमारी, कन्हैया चौधरी, रीना चौधरी, अमृता देवी, सत्य देव, सन्तोषी राम लगायतले दिब्य विकास स्रोत केन्द्रले संचालन गरेकाे कार्यक्रमबाट जिवनमा आएकाे परिवर्तन बारे जानकारी गराएका थिए ।

कार्यक्रम बारे प्रकाश तथा स्वागत मनतब्य दिब्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेलले गरेका थिए भने संस्थाले संचालन गरेकाे कार्यक्रम र परियाेजना बारे बिस्तृत प्रतिवेद प्रस्तुत स्राेत केन्द्रका कार्यक्रम प्रबन्धक ठकुरीले गरेका थिए ।

दिव्य विकास स्राेत केन्द्रकाे आयाेजनामा भएकाे कार्यक्रमकाे संचालन पत्रकार माधुरी महताेले गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.801 sec. Memory consumption:82.46 mb