9 May 2025
KALIKATIMES.COM

पकहाँ मैनपुरमा गाउँपालिका अध्यक्षद्वारा विद्यालयकाे अनुगमन

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद मेहताले आइतबार श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालय धाेरेकाे अनुगमन गरेका छन् ।

गाउँपालिका अध्यक्ष मेहता, प्रमुख प्रशासकिय अधिकृत उदयाशंकर चौधरी, शिक्षा शाखा प्रमुख दामाेदर द्विवेदी लयागतकाे टाेलीले वडा नं. १ धाेरेस्थित रहेकाे विद्यालयकाे छड्के अनुगमन गरेकाे हाे ।

अनुगमनकाे क्रममा विद्यालयकाे प्रशासनिक, भौतिक तथा अतिरिक्त क्रियाकलापकाे बारेमा बिधार्थीहरुले जानकारी गराएकाे समस्या समाधान गर्ने अध्यक्ष मेहताले प्रतिद्धता जनाएका हुन् । अध्यक्ष मेतहाले विद्यालयमा शिक्षकहरुलाई नियमित र समय मै उपस्थित हुनु पर्ने निर्देशन समेत दिए ।

अनुगमनको क्रममा विद्यार्थीहरु विद्यालय पोशाक मै भेटिएकाे र शान्त तथा स्वच्छ वातावरणमा कक्षा संचालन भइरहेकाे देखिएकाे प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए । अनुगमन टाेलीले विद्यार्थीहरुकाे कुन कक्षामा कुन विषयकाे काेर्स कहाँ सम्म पढाई भएकाे बारे पनि जानकारि लिएकाे थियाे ।

यसैगरी अब आउने दिनमा पनि बिभिन्न विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकीहरुकाे काम कारवाहीकाे नियमति अनुगमन गरिने प्रमुख प्रशासकिय अधिकृत चौधरीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.631 sec. Memory consumption:82.49 mb