42.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा २ वर्ष कैद

वीरगंज । मधेश प्रदेशकाे सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादवलाई साढे २ वर्ष कैद सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै कैद सजाय गर्नुका साथै २५ हजार रुपियाँ जरिवाना गर्ने, ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिराउने र १ हजार रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको छ । बकपत्र गर्न नआएकोमा अदालतले पीडितलाई ७ दिन कैद सजाय समेत गरेको छ ।

बालिकालाई ०७६ वैशाख २१ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितकी फुपुले जिल्ला प्रहरी कार्यालयमा वैशाख २२ गते उजुरी दिएका थिए । भारत घर भएकी पीडित बालिका फुपुको घरमा बस्दै आएकी थिइन् । बलात्कारको घटना थाहा पाएपछि बालिकाको फुपाजुका बुबाले आरोपितलाई नियन्त्रणमा लिई राती बाँधेर राखेका थिए ।

वैशाख २२ गते बसेको गाउँलेहरुको भेलाले आरोपितलाई मुक्त गराएपछि उनी फरार भए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बैशाख २२ गते स्वास्थ्य परिक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७६ वैशाख २३ गते उजुरी दर्ता गर्‍यो । जिल्ला प्रहरी कार्यालयले ०७७ वैशाख १६ गते अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासको आदेशमा ०८० वैशाख १९ गतेदेखि आरोपित पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:6.838 sec. Memory consumption:82.76 mb