KALIKATIMES.COM

रविराजको छठ गीत दर्शकहरु रुचाउँदै (भिडियाेसहित)

वीरगंज । लोकप्रिय लोक गायक रविराज शाहको छठको दुई गीत सार्वजनिक भएको छ ।

मधेशी समुदायको महान पर्व छठको पूर्वसन्ध्यामा गायक शाहले छठको दुईवटा मन छुने गीत सार्वजनिक गरेका हुन् । ‘कवना घाटे’ र ‘हे छठी मैयाँ’ नामक दुई गीत शाहको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ ।

दुबै गीतमा संगीत पनि शाह आफैले भरेका छन् । दुई गीतमध्ये कवना घाटे गीत उमालाल यादवले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सदाम हुसेन, अनिता यादव लगायतको अभिनय छ ।

यस्तै, हे छठी मइया गीत नरेन्द्र साहले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सरोज शाह, अनिता यादव, जयन्ती यादव, सरीता यादव लगायतको अभिनय रहेको छ । दुबैमा भिडियो निर्देशन भने सदाम हुसेन अन्सारीले गरेका छन् ।

नेपाल टेलिकम प्रायोजक रहेको यी दुबै गीतको मधेशमा चौतर्फी प्रशंसा भइरहेको छ, चारैतिर सुनिदैँछ । यसमा पनि श्रोताले खासगरी कवना घाटे गीतलाई सर्वाधिक मन पराइरहेका छन् । त्यस गीतमा छठको महत्त्व र विधि-विधानलाई सरल शब्दमा बखान गरिएको छ ।

बजारमा जथाभावी उत्पादन हुने झुर गीतहरूका कारण लोकास्थाका पर्वहरूको महत्त्व ओझेलमा परिरहँदा यो गीतले भने पौराणिकता र मौलिकता महसुस गराउँछ । यसले नयाँ पुस्तालाई छठ पर्वप्रति अझ अपनत्व आभाष गराउने, आस्थवान अनि जानकार बनाउने प्रतिक्रिया श्रोताहरूको छ ।

विश्व चर्चित गायक उदितनारायण झाको झल्को दिने रविराजको मिठा स्वरका गीतले श्रोताहरूलाई त्यसै पनि कायल बनाउने गरेको छ । यो गीत सुनेपछि श्रोताहरूले टेलिकम कम्पनीहरूलाई यसलाई रिङब्याक टोनमा राख्न अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:184. Generation time:2.840 sec. Memory consumption:69.98 mb
Send this to a friend