KALIKATIMES.COM

घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा

छठघाटको सजावट र व्यवस्थापनमा १५ लाख ४१ हजार रुपैया खर्च हुने अनुमान


वीरगंज । छठ पूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगंजकाे घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ।

छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन गरि छठघाटकाे तयारी पुरा भएकाे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए ।

उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १५ लाख ४१ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डालमा ७ लाख ५१ हजार, परिसर बाहिरको बत्ती सजावटमा १८ हजार, भिडियो ग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८, सरसफाइमा ६० हजार रुपैया खर्च हुने समितिका सचिव लखनलाल कानुले जानकारी गराए ।

सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार, छठघाटमा ब्रतालु, दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ ।

यस्तै छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।

गत वर्षकाे छठमा छठघाट सजावट र ब्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय खर्च भएकाे र आम्दानीबाट खर्च कटाएर ५ लाख १ हजार ४९५ रुपैयाँ बचतपनि भएकाे समितिका काेषाध्यक्ष तिलक साह कानुले जानकारी गराए ।

समितिका अध्यक्ष कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु हिरा साह, प्रेम साह कानु, मदन प्रसाद कलवर, वीरगंज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष राकेस साह कानु, घडीअर्वा स्पोर्ट क्लबका पूर्व अध्यक्ष सन्तोष कानु, सल्लाहकार गौरीशंकर गुप्ता लगायतको पनि सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

पाेखरियामा टि २० पांचाै मेयर कप सुरु, बिन्दवासिनी एक रनले विजयी

कालिका टाईम्स

गोली चलाएर एक करोड फिरौती माग्ने ३ जना पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:183. Generation time:2.859 sec. Memory consumption:69.99 mb
Send this to a friend