10 May 2025
KALIKATIMES.COM

मन्त्री जयदत्तकाे घरमा भएकाे ताेडफाेड र आगजनीकाे भर्त्सना

वीरगंज । तेली कल्याण समाज नेपालले अखिल भारतीय तैलिक साह महासभा नयाँ दिल्लीकाे राष्ट्रीय अध्यक्ष तथा महाराष्ट्र राज्यको उत्सव मन्त्री जयदत्त क्षीरसागरको घर र कार्यालयमा भएकाे ताेडफाेड र आगजनीकाे घटनाकाे भर्त्सना गरेकाे छ ।

समाजले बिहिबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै मन्त्री क्षीरसागरकाे घर र कार्यालयमा भएकाे ताेडफाेड र आगजनीकाे घटनाकाे घोर भर्त्सना गर्दै दोषीलाई पक्राउ गरी कडा कारबाहीकाे माग गरेकाे हाे ।

पत्रकार सम्मेलनमा बाेल्दै समाजका राष्ट्रिय अध्यक्ष बिश्वनाथ साह तेलीले मन्त्रीकाे सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्न भारत सरकारसँग माग समेत गरे । उनले राष्ट्रिय अध्यक्ष एवम् मन्त्री क्षीरसागरकाे घर र कार्यालयमा ताेडफाेड र आगजनी गर्नेमाथी कारवाही नगरे अखिल भारतीय तैलिक साहु महासभाको समन्वयमा तेली कल्याण समाज नेपाल आन्दोलन गर्ने समेत वताए ।

समाजका अनुसार केही दिन अघि अज्ञात व्यक्तिहरूले मन्त्री श्रीरसागरकाे घरमा तोडफोड र आगजनी गर्नुकाे साथै मराठा आन्दोलनको विरुद्धमा पेट्रोल बम पनि प्रहार गरेकाे थियाे ।

अज्ञात समुहकाे ताेडफाे र आगजनीका कारण घर र कार्यालयमा बस्ने मानिसहरु र उनका परिवारका सदस्यहरु ज्यान जोगाउन मुस्किलले बाहिर निस्किन सफल भएका थिए ।

रेडियाे वीरगंज प्राङ्गणमा भएकाे पत्रकार सम्मेलनमा तेली कल्याण समाज नेपालका महासचिव सत्यनारायण साह, सल्लाहकार कमलाकान्त साह, गणेश साह, पर्सा अध्यक्ष ध्रुव साह, बारा अध्यक्ष बजरंगी प्रसाद साह, पर्सा उपाध्यक्ष हजारी साह, सचिव बिरेन्द्र साह, वीरगंज महानगर अध्यक्ष पानालाल साह, बहुदरमाई नगरपालिका ८ का वडाध्यक्ष पुनीलाल साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.224 sec. Memory consumption:82.49 mb