36.7 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

कानुनी हाजिरीजवाफ प्रतियोगितामा डेसीमल स्कूल र ममता विद्या मन्दिर विजयी

वीरगंज । वीरगंज महानगरपालिकाद्वारा आयोजित कानुनी हाजिरीजवाफ प्रतियोगितामा डेसीमल स्कूल र ममता विद्या मन्दिर विजयी भएको छ ।

वीरगंजस्थित त्रिजुद्ध स्कूलमा शनिवार आयोजित प्रतियोगितामा दुई समूहमा भएको खेलमा डेसीमल स्कूल र ममता विद्या मन्दिर विजयी भएको हो ।

कानुन सम्बन्धी पठनपाठन हुने चार वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा पहिलो समूहमा भएको खेलमा प्रथम र दुतिय हुने डेसीमल स्कूललाई वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले प्रथम हुनेलाई चार हजार रुपैयाँ नगद, प्रमाण पत्र र ट्रफीबाट सम्मानित गरेका ।

त्यस्तै द्वितिय स्थानमा डेसिमल स्कूल वीरगंज कै समुह २ र ममता विद्यामन्दिर दुवै भएको थियो । द्वितिय हुनेलाई दुई हजार रुपैयाँ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै दोस्रो समूहको खेलमा भने ममता विद्या मन्दिर प्रथम भएको थियो । दोस्रो समूहमा द्वितिय भने फेरी डेसीमल कलेज नै भएको थियो । दोस्रो समूहको विजेतालाई पनि चार हजार रुपैयाँ नगद, प्रमाण पत्र र ट्रफीबाट उपमेयर आलमले सम्मानित गरेका थिए भने द्वितिय हुनेलाई दुई हजार रुपैयाँ नगद, प्रमाण पत्र र ट्रफीबाट सम्मानित गरिएकाे थियाे ।

प्रतियोगितामा डेसीमल स्कूल र ममता विद्या मन्दिरसँगै वीरगंज स्कूल अफ ल र त्रिजुद्ध माध्यमिक विद्यालयले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:5.823 sec. Memory consumption:82.78 mb