11 May 2025
KALIKATIMES.COM

महानगर सुशासन समितिको अनुगमन तिब्र

ग्रामिण क्षेत्रको वडा कार्य अझ प्रभावकारी हुने

वीरगंज । वीरगंज महानगरपालिकाले ग्रामिण क्षेत्रको वडा कार्य अझ प्रभावकारी बनाउन सुशासन तथा संस्थागत विकास समितिले वडा समितिहरुको अनुगमन तिव्र बनाएको छ ।

बीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले महानगरपालिकाद्वारा शुक्रवार महानगरको ४ वटा वडाको सेवा प्रभावह बारे अनुगमन गरेको हो । शुक्रवार वडा नं. १२, ३०, ३१ र ३२ को अनुगमन गरेको छ ।

अगामी दिन ग्रामिण क्षेत्रको वडाहरुमा अझ प्रभावकारी कार्य तथा सेवा दिलाउन कार्य अधि बढाएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए । वडामा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक प्रदीप चौरसियाले बताए ।

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमन थालिएको उनले वताए ।

वडामा संकलन हुने राजश्व साप्ताहिक रुपमा दाखिला गराउनु पर्नेमा कतिपयले दाखिला नगरेको देखिएकाले त्यसलाई कडाई गरिने समितिको सदस्य तथा वडा न २६ का वडा अध्यक्ष शम्भु मिश्राले अनुगमन थाल्नु परेको बताए ।

समितिले यस अधि वडा नं. ४ सहित ५, ६, ७ र १५ गरि ५ वटा वडाको अनुगमन गरिएको महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले बताए ।

अब ३२ वटै वडामा दैनिक रुपमा अनुगमन गर्ने र समयमा कार्यालयमा अनुपस्थित भेटिने कर्मचारीलाई कारबाही पनि गरिने उनले वताए ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समस्या देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिए बमोजिम समितिले अनुगमन सुरु गरेको हो ।

वडा नं. ५ का वडाध्यक्ष समेत रहेका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको टोलीमा समितिका सदस्य वडा अध्यक्षद्वय शम्भु मिश्र, सुरेश गुप्ता, प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, प्रेस सल्लाहकार महेश दास, नगर प्रहरी प्रमुख हरि भुषाल लगायत रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:6.111 sec. Memory consumption:82.5 mb