11 May 2025
KALIKATIMES.COM

छिपहरमाईकाे महादेव माविमा शिक्षक अभावले कक्षा बन्द

पाेखरिया । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मा रहेका श्री महादेव माद्यमिक विद्यालय मिर्जापुरमा शिक्षक अभावका कारण कक्षा ६ देखि १० सम्मकाे अध्ययन अध्यापन प्रभावित भएकाे छ ।

करार र स्वयम् सेवक शिक्षककाे आधारमा संचालित विद्यालयकाे माद्यमिक तहकाे कक्षा कार्तिक १२ गतेदेखि बन्द भएकाे समाचार प्राप्त भएकाे छ । विद्यालयकाे माद्यमिक तहमा अध्यापन गराउँदै आएका शिक्षकहरुलाई गाउँपालिकाले हटाएपछि प्रधानाध्यापक बिरेन्द्र प्रसाद यादवकाे माैखिक आदेशमा कक्षा बन्द भएकाे बुझिएकाे छ ।

हाल विद्यालयमा प्रावि तहका दुई जना स्थायी र एक जना राहत शिक्षक गरि जम्मा तीन जना शिक्षक मात्र रहेका छन् । यसैगरी विद्यालयमा दुई जना बाल विकास शिक्षिका र एक जना विद्यालय सहयोगी रहेका छन् ।

विद्यालयकाे समस्या सम्बन्धमा बुधबार विद्यालय प्राङ्गणमा बसेकाे बैठक निष्कर्षविहिन सकेकाे थियाे । विद्यालयमा बन्द रहेकाे कक्षा संचालन गर्न शिक्षकको व्यवस्था मिलाउने सम्बन्धमा शिक्षाप्रेमी, अभिभावक र स्थानिय राजनीति दलका अगुवाहरुकाे बसेकाे बैठक केही निष्कर्ष निकाल्न सकेकाे थिएन ।

जस कारण दशैंकाे विदापछि कार्तिक १२ गतेदेखि विद्यालय खुलेपनि साे विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु पढन पाएका छैनन् । सम्बन्धित निकायकाे लापरवाहीले बन्द रहेकाे कक्षा कहिलेदेखि संचालन हुने अन्याैल  सृजना भएकाे छ भने विद्यार्थीहरु पढन पाउनु पर्ने अधिकारबाट बन्चित भएका छन् ।

२०७९ वैशाख ३० गते को सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिहरुले पुराना गाउँपालिका अन्तर्गतका करार शिक्षक र कर्मचारी हटाएदेखि यस्ताे समस्या सृजना भएकाे वताइएकाे छ ।

यस बिषयमा बुझ्न विद्यालयका प्रधानाध्यापक बिरेन्द्र प्रसाद यादवसंग फाेन सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.498 sec. Memory consumption:82.5 mb