9 May 2025
KALIKATIMES.COM

बारामा बसकाे ठक्करले माेटरसाइकल चालककाे मृत्यु

कलैया । बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्यारेजका मिस्त्री कोल्हबी नगरपालिका ३ जुगवाका २० वर्षीय दिनेश चौधरी रहेका छन् ।

निजगढ ८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र १–०२००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

बसले ठक्कर दिएपछी चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इरिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिएपछी अनियन्त्रित भएको उक्त इरिक्सा प्र २–०३–००१ ह १०६६ नम्बरको अटोसंग ठोक्किएको थियो।

रिक्साको ठक्करबाट अटो चालक निजगढ १२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार त्यहि ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा १६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् ।

घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगंज लगिएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक सिरहा १२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:8.162 sec. Memory consumption:82.76 mb