32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

इन्ट्रेक्ट क्लबकाे आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वीरगंज । इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलको आयोजनामा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “समयमै भर्ना समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान” शिर्षकमा नेपाल राष्ट्रिय माद्यमिक विद्यालय, नगवामा भएकाे निम्न माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियाेगिता नेरा मावि नगवाकी कक्षा आठमा अध्ययनरत छात्रा सुस्मिता चौरासिया प्रथम, कक्षा दशकी सवनम खातुन द्वितीय र कक्षा नौ की पुष्पा कुमारी यादवले तेस्रो स्थान हासिल गरेकी हुन् ।

प्रतियाेगिताका बिजेताहरुलाई मेडल तथा पुरस्कार प्रदान गरिएको इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलको अध्यक्ष आलोक यादवले बताए ।

नेपाल राष्ट्रिय माद्यमिक विद्यालय, नगवाका प्रधानाध्यापक नन्दकिशोर रामको अध्यक्षता र गौतम स्कुलको नेपाली विषय विभागकी प्रमुख ममता श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवाको नेपाली विषय विभागकी प्रमुख गिता ठाकुर निर्णायकको भूमिका निर्वाह गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.507 sec. Memory consumption:82.49 mb