36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

वीरगंज २१ मा निर्मित स्कूल भवनकाे सांसद यादवद्वारा उद्घाटन

निस्वार्थ भावनाले समाजसेवामा लाग्ने संस्थालाई राज्यले सम्मान गर्नु पर्ने भनाई

वीरगंज । राउन्ड टेबल नेपालले वीरगंजकाे एक स्कूलमा निर्माण गरेको कक्षा कोठाको जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले उद्घाटन गरेका छन् ।

वीरगंज महानगरपालिका वडा नं. २१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा राउन्ड टेबल नेपालले राउन्ड टेबल नेपाल – ३ सँगको सहकार्यमा निर्माण गरेको कक्षा कोठाको पूर्व मन्त्री समेत रहेका यादवले शुक्रवार उद्घाटन गरेका हुन् ।

उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले युवाहरूको संस्था राउन्ड टेबल नेपालले समाज प्रतिको आफ्नो दायित्वलाई बुझ्दै निरन्तर गर्दै आइरहेको परोपकारी कामको प्रशंसा गरे । शिक्षामा लगानी गरेर राउन्ड टेबल नेपालले देशको भविष्य निर्माणमा योगदान गरिरहेको बताउँदै अन्य सङ्घ/संस्थाहरूले पनि उनीहरूबाट प्रेरणा लिनुपर्ने बताए ।

युवा उद्यमीहरू मिलेर बनेको संस्थाले गरिरहेको कामलाई निरन्तरता दिन आग्रह गर्दै उनले नेपाल सरकारले पनि राउन्ड टेबल नेपाल जस्तो संस्थाका विशेष सम्मान गर्नुपर्ने बताए । यसका लागि आफूले सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

“फ्रीडम थ्रु एजुकेसन” कार्यक्रम मार्फत ३० लाख रुपैयाँको लागतमा राउन्ड टेबल नेपाल – ३ ले स्कूलमा २ वटा कक्षाको कोठा निर्माण गरेको छ । एउटा कोठामा कम्तीमा पनि ५० जना विद्यार्थी अटाउने क्षमता रहेको संस्थाका अध्यक्ष अङ्कुर भंगरले जानकारी दिए ।

भंगरकै सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष राहुल अग्रवाल, वीरगंज २१ का वडाध्यक्ष राधा कृष्ण साह रौनियार, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा, जनता समाजवादी पार्टी नेपालका युवा नेता सरोज यादव लगायतको सहभागिता रहेको थियो ।

राउन्ड टेबल नेपालले यसअघि पनि वीरगंज लगायत पर्सा, बारा, रौतहट लगायत तराई – मधेसका जिल्लाहरूमा स्कूल निर्माणदेखि छात्रवृत्ति, पठनपाठन लगायत स्कूलका लागि आवश्यक सामग्रीहरू वितरण गर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:4.009 sec. Memory consumption:82.78 mb