30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

यौन दुर्व्यवहारकाे कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला

वीरगंज । सप्तरीमा नौ वर्षिय बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्षिय बालकलाई १ वर्ष ६ महिना बाल सुधार गृहमा राख्ने फैसला भएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई १५ हजार रुपियाँ जरिवाना तिर्न र ३० हजार रुपियाँ क्षतिपूर्ति भर्न समेत फैसला गरेको इजलास अधिकृत कुमार सुबेदीले बताए ।

अनुचित प्रभावमा पारी आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा २०७९ मङ्सिर २५ गते उजुरी दिएकी थिइन । पीडितको स्वास्थ्य परीक्षण ०७९ मङ्सिर २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७९ मङ्सिर २५ गते उजुरी दर्ता गरेको थियो । आरोपित मङ्सिर २८ गते गिरफ्तार भएका थिए ।

सप्तरी जिल्ला अदालतमा ०७९ पुस १७ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुस १८ गते बालकलाई संरक्षकको जिम्मा लगाउने आदेश गरेको थियो ।

बाख्रा चराउन २०७९ मङ्सिर १६ गते दिउँसो घरदेखि एक किलोमिटर उत्तर स्थित फुलबारी जङ्गल गएका बेला छुरा देखाई आँखा बाँधी आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:8.291 sec. Memory consumption:82.49 mb