42.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

बारामा बोल्न नसक्ने बालिका बलत्कृत, एक जना पक्राउ

वीरगंज । बारा प्रहरीले बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएकाे प्रहरी टोलीले निजगढ नगरपालिकाकाे वडा नं. १२ निवासी ६० बर्षिय राना साईला भन्ने सोम बहादुर लुम्बालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

असाेज ५ गते शुक्रबार अन्दाजी ४ बजेको समयमा निजगढ नगरपालिकाका कै वडा नं. १२ स्थित अन्दाजी ११ बर्षिय बोल्न नसक्ने (फरक क्षमता भएकी) बालिकालाई जबरजस्ती करणी भएकाे खबर प्रहरीलाई प्राप्त भएकाे थियाे ।

जबरजस्ती करणीकाे खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय निजगढबाट पुगेकाे प्रहरीले टाेलीले तत्कालै निज पीडितलाई उपचारको लागि कलैया प्रादेशिक अस्पतालमा पठाईएकाे थियाे ।

त्यसपश्चात घटनाको अनुसन्धानको क्रममा आराेपित लुम्बालाई खोजतलास गरी साेही दिन राति ११ बजे फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको सुचना अधिकारी न्याैपानेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.799 sec. Memory consumption:82.49 mb